विश्वासको मतबारे कांग्रेस पदाधिकारी अनिर्णित, अब कार्य सम्पादन समिति बैठक

हिमाल प्रेस २६ पुष २०७९ ११:३२ | Tuesday, January 10, 2023
विश्वासको मतबारे कांग्रेस पदाधिकारी अनिर्णित, अब कार्य सम्पादन समिति बैठक फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने या नदिने भन्ने निर्णय कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने भएको छ।

यसका लागि साढे ११ बजे संसद् भवनमा कांग्रेस कार्य सम्पादन समिति बैठक डाकिएको एक नेताले जानकारी दिए।

बैठकपछि कांग्रेसका एक पदाधिकारीले भने, ‘विश्वासको मतबार पदाधिकारी बैठकमा दुईतर्फी कुरा आएका छन्। त्यसैले टुंगो लाग्न सकेन। अब कार्य सम्पादन समिति बैठकले टुंगो लगाउनेछ।’

कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले लिने निर्णयको अधिकार छ। ती पदाधिकारीले भने, ‘केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी अब कार्य सम्पादन समितिबाट निर्णय गर्छौँ।’

प्रकाशित: २६ पुष २०७९ ११:३२ | Tuesday, January 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast