घटे अधिकांश विदेशी मुद्रा

हिमाल प्रेस १६ वैशाख २०८२ ६:२२
4
SHARES
घटे अधिकांश विदेशी मुद्रा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा थियो।

आज युरो १ को खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा छ। आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४७ पैसा छ।

आज बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७४ पैसा छ।

प्रकाशित: १६ वैशाख २०८२ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast