अरुण नदीमा जिप खस्यो, दुईको उद्धार

हिमाल प्रेस १५ वैशाख २०८२ १९:५४ | Monday, April 28, 2025
अरुण नदीमा जिप खस्यो, दुईको उद्धार

इटहरी – संखुवासभाको खाँदबारीबाट धनकुटा आउँदै गरेको जिप अरुण नदीमा खसेको छ।

दुई जना सवार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप धनर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिपमा धनी खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय रमेश राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङ सवार थिए।

गाडीसँगै नदीमा खसेका दुवै जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूलाई पानीमा तैरिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

जिपलाई स्थानीयको सहयोगमा नेपाल र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित: १५ वैशाख २०८२ १९:५४ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast