
काठमाडौँ- फिल्म ‘सिटामोल’ का निर्माता भुगोल कुमार कार्की अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन्।
वरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ। भिम बिसीको संगीत भरेको गीतमा केशव बढुको संगीत संयोजन छ।
गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियो नवराज उप्रेती र टिमले छायांकन गरेका हुन्। विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्। ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुनेछ।
यस्ताे छ गीत
https://www.youtube.com/watch?v=OAIGN4mZhEI
प्रकाशित: १५ वैशाख २०८२ १८:१२
प्रतिक्रिया