गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर नेपाल र रावलमध्ये एकजना नियुक्त गर्ने तयारी

हिमाल प्रेस १५ वैशाख २०८२ १५:१२
60
SHARES
गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर नेपाल र रावलमध्ये एकजना नियुक्त गर्ने तयारी

काठमाडौँ- अर्थ मन्त्रालयले गभर्नर सिफारिस समिति सदस्यमा सदस्यमा पूर्वगभर्नरद्वय चिरञ्जीवी नेपाल र तिलकर रावलमध्ये एकजनालाई नियुक्ति गर्ने भएको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको समिति सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त छ।

तीन सदस्यीय समितिमा एकजना पूर्वगभर्नर हुनैपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ। समितिको अर्का सदस्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन्। अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल र रावलमध्ये एकजनालाई सदस्य नियुक्त गर्न लागिएको जानकारी गराएको उनी निकट स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्को सोमबार साँझ ५ बजे बस्दै छ। बैठकबाट सदस्य नियुक्ति गरी गभर्नरको नाम पनि सिफारिस गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। ती अधिकारीका अनुसार सिफारिस समिति सदस्य र त्यहीँ सदस्यको बैठक राखेर गभर्नर छनोट गरी नियुक्ति गर्ने तयारी भइरहेको छ।

सरकारले उक्त समितिलाई पूर्णता दिएपछि समितिको बैठक बसेर तीनजना ‘योग्य व्यक्ति’को नाम मन्त्रिपरिषद्‌मा सिफारिस गर्नुपर्ने हुन्छ। समितिको बैठक र राजनीतिक सहमति भइसकेकाले गभर्नर नियुक्ति गरिने स्रोतको भनाइ छ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भर्खरैमात्र राजीनामा दिएका डा. गुणाकर भट्टलाई नयाँ गभर्नर नियुक्तिका लागि सहमति भइसकेको छ। उनलाई औपचारिकता दिन बाँकी भएको अर्थ मन्त्रालयकै कर्मचारीहरूले बताउँछन्।

प्रकाशित: १५ वैशाख २०८२ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast