सरकारबाट बाहिर जान सक्छौं : गगन थापा

हिमाल प्रेस ११ वैशाख २०८२ १७:०५ | Thursday, April 24, 2025
सरकारबाट बाहिर जान सक्छौं : गगन थापा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट भाग्ने पार्टी नभएको बताएका छन्। लोकतन्त्र दिवसका अवसरमा आयोजित एक संवाद कार्यक्रममा बोल्दै उनले कांग्रेस अहिले सरकारमा जान बाध्य भएको बताउँदै संकटको बेला समाधान दिने जिम्मेवारी काँधमा लिनुपर्ने बताए।

उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन, समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौं, एक्लै छैनौं, सरकारमा छौं। कतिपय कुरामा हामीले सम्झौता गरेका छौं तर आधारभूत कुरामा कहिल्यै सम्झौता गर्दैनौं। पर्‍यो भने सरकारबाट बाहिर पनि जान सक्छौं। सरकार नै सबैथोक होइन।’

महामन्त्री थापाले हाल देखिएको शिक्षक आन्दोलन र निजामती कर्मचारीहरूको आन्दोलनजस्ता विषयमा कांग्रेस जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ११ वैशाख २०८२ १७:०५ | Thursday, April 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast