नेप्से परिसूचक दुई अंकले बढ्यो

हिमाल प्रेस ११ वैशाख २०८२ १६:३६
12
SHARES
नेप्से परिसूचक दुई अंकले बढ्यो

काठमाडौँ- आज नेप्से परिसूचक दुई दशमलव शून्य आठ अंक बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक दुई दशमलव शून्य आठ अंकले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ रुपैयाँको कारोबार भएको छ।

कूल ८३ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ।

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन्।

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast