 
                             
                                            काठमाडौँ- फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ। सामाजिक कथामा आधारित टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ।
टिजरमा खगेन्द्र लामिछानेले र दयाहाङ राई, गौमाया गुरुङ, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देललगायत कलाकार अटाएका छन्।
सहकारी संस्थाको अध्यक्षको भूमिकामा अभिनेता राई देखिएका छन्। उनलाई लाई कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखाइएको छ। अभिनेत्री गौमाया गुरुङ फिल्ममा दयाहाङकी श्रीमतीको भूमिकामा छिन्, उनी पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन्।
त्यस्तै, अभिनेता खगेन्द्र लामिछाने र अञ्जना बराइली पनि श्रीमानश्रीमतीको भूमिकामा छन्। उनीहरूले पैसाको अभावमा पारिवारिक तनाव खेपिरहेका छन्। टिजरमा अभिनेत्री मलिका महत एक रहस्यमय भूमिकामा प्रस्तुतगरिएको छ। उनले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन्।
अभिनेता आर्यन सिग्देललाई गाउँपालिका अध्यक्षको भूमिकामा प्रस्तुत गरिएको छ, जसले राजनीतिक तहसम्म फिल्मको सन्दर्भलाई विस्तार गरेको देखिन्छ।
दिनेश राउतले निर्देशन गरेको फिल्मको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। फिल्म गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ देखि प्रदर्शन हुनेछ।
फिल्ममा अन्य कलाकार वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय छ ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया हुन्।
यस्ताे छ टिजर

![‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/prakash-film.jpg) 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 