शिक्षक आन्दोलन जारी राख्न अपिल गर्दै प्रचण्डले भने- ओलीले सत्तामा बस्ने हैसियत गुमाए

हिमाल प्रेस ९ वैशाख २०८२ १५:२५
50
SHARES
शिक्षक आन्दोलन जारी राख्न अपिल गर्दै प्रचण्डले भने- ओलीले सत्तामा बस्ने हैसियत गुमाए नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : रासस

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरूलाई धैर्यपूर्वक आन्दोलन जारी राख्न अपिल गरेका छन्। विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरू तीन सातादेखि आन्दोलनरत छन्। प्रचण्डले नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा यस्तो अपिल गरेका हुन्।

उनले भने, ‘शिक्षक साथीहरूले अनेकपटक आन्दोलन गर्नुभयो, सम्झौता गर्नुभयो तर बारम्बार धोका भयो। अब फेरि त्यस्तै अवस्था नआओस् भन्ने जिम्मेवारी हाम्रो सबैको हो। म शिक्षकहरूलाई धैर्यका साथ आन्दोलनलाई निरन्तरता दिन आग्रह गर्न चाहन्छु।’

उनले केपी ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताए। प्रचण्डले लामो समयदेखि आन्दोलनरत शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरेकाले प्रधानमन्त्रीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत र औचित्य गुमाइसकेको बताएका हुन्। उनले भने, ‘देशभरका शिक्षकहरु सडक आन्दोलनमा आउदा पनि सरकारले कुनै तत्परता नदेखाउनु लाजमर्दो हो।’

प्रचण्डले शिक्षकलाई अपमानित गर्ने काम बन्द गरेर शिक्षकहरुको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गरे। एमालेबाटै शिक्षामन्त्री भएका विद्या भट्टराईले पदबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको अर्को प्रमाण भएको उनको भनाइ छ।

प्रचण्डले आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताए।
उनले भने, ‘लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिस्ट आन्दोलनका लागि गर्वको विषय हो।’

प्रकाशित: ९ वैशाख २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast