शैक्षिक तथ्यांक अद्यावधिक गर्न स्थानीय तह र विद्यालयलाई निर्देशन

हिमाल प्रेस ७ वैशाख २०८२ १५:३० | Sunday, April 20, 2025
शैक्षिक तथ्यांक अद्यावधिक गर्न स्थानीय तह र विद्यालयलाई निर्देशन

भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले सबै तह र  विद्यालयहरूलाई विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा शैक्षिक तथ्यांक अद्यावधिक गर्न निर्देशन दिएको छ।

हरेक शैक्षिक सत्रको सुरु र अन्त्यमा विद्यालय शिक्षासम्बन्धी तथ्यांक वेब प्रणालीमार्फत संकलन, विश्लेषण, एकीकरण तथा प्रतिवेदन तयार गर्ने कार्य निरन्तर हुँदै आएकोमा शैक्षिक सत्र २०८२ का लागि पनि विद्यालयहरूले जेठ मसान्तभित्र आवश्यक विवरण अद्यावधिक गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

निर्देशन अनुसार सामुदायिक, संस्थागत र परम्परागत (धार्मिक) विद्यालयहरूमार्फत IEMIS प्रणालीमा तथ्यांक प्रविष्टि गर्नुपर्नेछ। संकलित तथ्यांकको आधारमा शिक्षा क्षेत्रको योजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन जस्ता कार्यहरू अघि बढाइने भएकाले यसलाई अत्यन्त महत्वपूर्ण कार्यका रूपमा लिइएको केन्द्रले जनाएको छ।

विद्यालयहरूको तथ्यांक अद्यावधिक कार्यमा सबै स्थानीय तहहरूलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

प्रकाशित: ७ वैशाख २०८२ १५:३० | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast