हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा

हिमाल प्रेस ५ वैशाख २०८२ ११:१९ | Friday, April 18, 2025
हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा

हेटौँडा- हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालन भएको छ। उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगललबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुंगा तयार पार्न प्रारम्भ भएको छ।

उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ। अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ।

२०३३ सालमा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए। नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ वैशाख २०८२ ११:१९ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast