काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र

हिमाल प्रेस ४ वैशाख २०८२ १५:२९ | Thursday, April 17, 2025
काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र

काठमाडौँ– यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ।

कामपा–३२ मा पर्ने उक्त कवाडी संकलन केन्द्र हटाउन ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए।

उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी संकलन केन्द्र हटाएको हो।

‘आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,’ उपरीक्षक अर्यालले भने।

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुंगामुढा गरेका थिए। ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए।

स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए।

प्रकाशित: ४ वैशाख २०८२ १५:२९ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast