उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् गगन

हिमाल प्रेस ३ वैशाख २०८२ २१:१२ | Wednesday, April 16, 2025
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गएनन् गगन

काठमाडौँ- सत्ता साझेदार प्रमुख दुई दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक बसेको हो।

यसअघि संयन्त्रको सबै बैठकमा सहभागी हुँदै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहभागी भएका छैनन्। संयन्त्रका सदस्यसमेत रहेका थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको’ टिप्पणी गरेका थिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित रमेश लेखक, आरजु राणा देउवा तथा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छैनन्।

प्रकाशित: ३ वैशाख २०८२ २१:१२ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast