तनहुँ- व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन्। यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन्।
नगरपालिकामा फोहरमैला व्यवस्थापन, लेनदेन, साँध सिमाना विवाद, घरबहाल, कुलोपानी, जग्गा खिचलो, महिला हिंसालगायत मुद्दा दर्ता भएका न्यायिक समितिका संयोजक इन्दिरा दरैले जानकारी दिइन्।
नगरपालिकाले दर्ता हुन आएका मुद्दामा मेलमिलापलाई प्राथमिकता दिएको बताइन्। अदालती निर्णयभन्दा सहमतिको आधारमा मेलमिलापको माध्यमबाट मुद्दा टुंग्याउने गरेको जानकारी दिइन्। उनले भनिन्, ‘मेलमिलाप गराउँदा दुवै पक्षले जितेको महसुस गर्न सक्छन्, मेलमिलाप हुनै नसक्ने मुद्दा अदालतमा पठाउने गरेका छौँ।
प्रकाशित: ३ वैशाख २०८२ ८:३१ | Wednesday, April 16, 2025
प्रतिक्रिया





