काठमाडौँ- नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ।
अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्ता गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ।
प्रकाशित: २५ पुष २०७९ ७:२६
प्रतिक्रिया