असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २७ चैत २०८१ १९:३५
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन फाइल तस्बिर।

काठमाण्डौँ – गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन्।

मुलुकभरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरुसँगको भर्चुअल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसँग असल व्यवहार, बानी र वचन जोडिएको धारणा राखे।

‘सेवा प्रवाहको विषय असल वचनसित पनि जोडिएको हुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘सेवाग्राहीहरुसित असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन।’

उनले सीमित स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधारको अभावकाबीच पनि काम गर्नुपरेको बताए।

‘सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो।’

कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उनले सेवा प्रवाह सुधारका साथै हेल्प डेस्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिए।

सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाइ थियो।

बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले धारणा राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast