भीमसेनथापा गाउँपालिकाले पातपतिङ्गर संकलन गर्नेलाई पैसा दिने

हिमाल प्रेस २७ चैत २०८१ १२:५२
12
SHARES
भीमसेनथापा गाउँपालिकाले पातपतिङ्गर संकलन गर्नेलाई पैसा दिने

गोरखा- भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणका प्रयासस्वरुप पातपतिङ्गर संकलन कार्यक्रम कार्यान्वयन गरेको छ। यस कार्यक्रमसँगै पालिकाले पातपतिङ्गर संकलन गर्ने व्यक्तिहरूलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार सामुदायिक वनबाट पातपतिङ्गर संकलन गर्नेलाई प्रतिकिलो २ रुपैयाँका दरले नगद उपलब्ध गराइनेछ।

पातपतिङ्गर संकलन गर्ने अनुमति जोकोही व्यक्तिले, टोल विकास संस्था, क्लब, समुह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वडा कार्यालयसँग समन्वय गरेर संकलन गर्न सक्नेछन्।

‘सङ्कलित पातपतिङ्गरलाई प्राङ्गरिक मल बनाउन प्रयोग गरिनेछ र त्यसको व्यवस्थापन र बिक्रीको जिम्मा सम्बन्धित सामुदायिक वन र वडा कार्यालयलाई दिइनेछ,’ प्रशासकीय अधिकृत अधिकारीले भने,‘यो कार्यक्रम नयाँ हो तर यसलाई अनुकरणीय बनाउनका लागि पालिका प्रतिबद्ध छ।’

प्रकाशित: २७ चैत २०८१ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast