शिक्षकहरूका माग सम्बोधन गरी शिक्षा विधेयक यथाशीघ्र पारित गर्न एनसिई नेपालको माग

हिमाल प्रेस २६ चैत २०८१ १३:२९
152
SHARES
शिक्षकहरूका माग सम्बोधन गरी शिक्षा विधेयक यथाशीघ्र पारित गर्न एनसिई नेपालको माग

काठमाडौँ- शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले एक हप्तादेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई वार्ता बोलाउन सरकारसँग माग गरेको छ।

एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले विज्ञप्ति जारी गर्दै भने, ‘आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बोलाई संविधानले मार्गप्रशस्त गरेबमोजिम संवाद तथा साझा समझदारीमार्फत पेसागत हकहितको रक्षा र विद्यालय शिक्षा विधेयकलाई अधिकारमुखी बनाई तत्काल पारित गर्ने शिक्षक समुदायको मागलाई यथाशीघ्र सम्बोधन गर्न हामी सरकार समक्ष जोडदार माग गर्दछौं।’

एनसिईले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय शिक्षा परीक्षाको उत्तरपुस्तिका जाँच, नयाँ शैक्षिक सत्रको तयारी, विद्यालय भर्ना अभियानका कार्यक्रम तथा कक्षा १२ को अन्तिम परीक्षालाई आन्दोलनले प्राभावित पार्नसक्ने तर्फ सचेत रहन शिक्षक, सरकार र सबै सरोकारवालासमक्ष ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ,‘शिक्षा प्रणाली तथा संरचनाको केन्द्रमा सधै बालबालिकाको सिकाइ हुनुपर्दछ र कुनै पनि आन्दोलनले बालअधिकार र शिक्षा अधिकारमा अवरोध पुर्‍याउनु हुँदैन भन्ने कुरामा यस अभियान स्पष्ट छ। एनसिई नेपालले सार्वजनिक शिक्षालाई थप बलियो र सुदृढ बनाउँदै संविधानले सुनिश्चित गरेको सबै बालिकाको समतामुलक समावेशी, गुणस्तरीय निःशुल्क र अनिवार्य शिक्षाको अधिकारलाई कार्यान्वयन गर्नका निमित्त विद्यालय शिक्षासम्बन्धी संघीय कानुन निर्माण गर्न संसद् तथा सरकारसमक्ष निरन्तर वकालत, अभियान तथा दवावमुलक कार्यक्रम गर्दै आईरहेको छ।’

प्रकाशित: २६ चैत २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast