प्रचण्डलाई विश्‍वासको मत नदिने माधव नेपालको संकेत

हिमाल प्रेस २४ पुष २०७९ १८:३५
16
SHARES
प्रचण्डलाई विश्‍वासको मत नदिने माधव नेपालको संकेत

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संकेत गरेको छ। संसद सचिवालयका अधिकारीहरूका अनुसार एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्‍चमा बस्ने जानकारी गराएको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन्।

सोमबारबाट सुरु हुने अधिवेशनमा एकीकृत समाजवादीले आफूहरूलाई प्रतिपक्षी बेन्चमा राखिदिन गरेको आग्रहलाई अर्थपूर्ण रूपमा लिइएको छ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा सोमबार नै निर्णय हुने बताउँछन्। ‘हामी सत्तामा छैनौं त्यसकारण सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा हामी प्रतिपक्षमै बस्छौं,’ उनले भने।

प्रकाशित: २४ पुष २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =