कोशी प्रदेश र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

हिमाल प्रेस १८ चैत २०८१ ६:२४ | Monday, March 31, 2025
कोशी प्रदेश र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रकाशित: १८ चैत २०८१ ६:२४ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast