सिंहदरबारमा गणतन्त्र पक्षधरहरूको बैठक

हिमाल प्रेस १७ चैत २०८१ २०:२३ | Sunday, March 30, 2025
सिंहदरबारमा गणतन्त्र पक्षधरहरूको बैठक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्र पक्षधरहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। शुक्रबार तीनकुनेमा भएको राजतन्त्र पक्षधरहरूको प्रदर्शन हिंसात्मक भएपछि सो विषयमा छलफल गर्न ओलीले बैठक आह्वान गरेका हुन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपाका खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूको उपस्थिति रहेको छ।

प्रकाशित: १७ चैत २०८१ २०:२३ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast