आर्मीसँग पुलिस १४८ रनमा ‘अलआउट’

हिमाल प्रेस १४ चैत २०८१ १२:०२ | Thursday, March 27, 2025
आर्मीसँग पुलिस १४८ रनमा ‘अलआउट’

काठमाडौँ- प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीसँग नेपाल पुलिस क्लव १४८ रनमा अलआउट भएका छन्। समूह चरणको अन्तिम खेलमा विभागीय डर्बीमा पुलिस ४१ दशमलव ४ ओभरमा १० विकेट गुमाएर १४९ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

दाङको एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको आर्मीका लागि सहाव अलावले ४ विकेट लिएर पुलिसको ब्याटिङ लाइन धरासायी बनेका थिए। नरेन साउद ३ विकेट, भीम सार्की र कुशल मल्लले समान १-१ विकेट लिए।

पुलिसका लागि कप्तान दीपन्द्र सिंह ऐरीले अर्धशतक बनाउन बाहेक अन्यले आकर्षक ब्याटिङ गर्न सकेनन्। आरिफ सेख २२, गुल्सन झा १७, सागर ढकाल १६ रन बनाएर आउट भए।

अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। ओपनर कुशल भुर्तेल ९, अर्का ओपनर अमित श्रेष्ठ ४, ललित राजवंशीले ३ रन बनाउँदा दीलिप नाथ र करण केसी शून्य रनमा आउट भए।

प्रकाशित: १४ चैत २०८१ १२:०२ | Thursday, March 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast