काठमाडौँ- हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आईसीई (मेड इन नेपाल) सार्वजनिक गरेको छ।
सोमबार साँझ काठमाडौँमा एक कार्यक्रमका बीच लक्ष्मी इन्टरकन्टिनेन्टलले दुवै गाडी सार्वजनिक गरेको हो।
नेपाली प्रयोगकर्ताको आवश्यकतालाई महसुस गरी हुन्डाईको क्रेटा ईभी र आईसीई सार्वजनिक गरिएको वितरकले जनाएको छ। क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीईको प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको छ।
                            प्रकाशित: ११ चैत  २०८१ २१:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

