कर्णालीमाथि बागमतीको ३९ बलमै जित

हिमाल प्रेस ११ चैत २०८१ ११:३०
6
SHARES
कर्णालीमाथि बागमतीको ३९ बलमै जित

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णालीलाई सहजरूपमा हराएको छ। कर्णालीले दिएको ५८ रनको झिनो लक्ष्यलाई बागमतीले एक विकेट गुमाएर ६ दशमलव ३ ओभरमा पुर्‍याएको थियो।

५० ओभरको खेलमा बागमतीले २६१ बल बाँकी रहँदै अर्थात ३९ बलमै कर्णाली माथि जित निकालेको थियो। दाङको देउखुरी रंगशालामा टस जितेर बलिङको निम्तो पाएको कर्णालीले कुनै ब्याटर चल्न सकेनन्।

यता बागमतीका लागि भने आशुतोष धिरयाले १९, इसान पाण्डे २२ र सुभ् कंशाकार १६ रन बनाउँदा लक्ष्य पूरा गरेको थियो। यसअघि बागमतीका रिजन ढकाल र सूर्य तामाङले घातक बलिङ गर्दै कर्णालीको ब्याटिङ लाइन ध्वस्त पारेका थिए।

रिजनले ५ विकेट लिँदा सूर्यले ४ विकेट लिँदा एक विकेट रन आउटका रूपमा कर्णालीले गुमाएको थियो।

प्रकाशित: ११ चैत २०८१ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast