ठगुन्नाको आक्रामक शतक, कोशीमाथि सुदूरपश्चिमको बलियो योगफल

हिमाल प्रेस १० चैत २०८१ १२:२२ | Sunday, March 23, 2025
ठगुन्नाको आक्रामक शतक, कोशीमाथि सुदूरपश्चिमको बलियो योगफल

काठमाडौँ- सुदूरपश्चिमका ब्याटर किरण ठगुन्नाको आक्रामक शतकमा कोशी प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले बलियो योगफल बनाएको छ।

प्रधानमन्त्री कपमा कोशी प्रदेशविरुद्ध ठगुन्नाले आक्रामक शतकसहित ११५ रन बनाउँदै सुदूरपश्चिमले २३६ रनको योगफल बनायो। ठगुन्नाको प्रधानमन्त्री कपको सिजनको यो दोस्रो शतक हो।

दाङको देउखुरी रंगशालामा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनायो। सुदूरपश्चिमका लागि ठगुन्नाका अतिरिक्त टेक रावतले १६, अर्जुन विकले १०, शेर मल्ल र कप्तान नारायण जोशी १४ रन थेपर बाहिरिए।

कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले ३, कप्तान अंकित सुवेदी र फिरोज अनसारी समान २-२ विकेट लिँदा दीपेश कँडेल र प्रकाश कार्कीले समान १-१ विकेट लिएका थिए।

प्रकाशित: १० चैत २०८१ १२:२२ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast