च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमका लागि बीसीसीआईले गर्‍यो नगद पुरस्कारको घोषणा

हिमाल प्रेस ७ चैत २०८१ १६:५४ | Thursday, March 20, 2025
च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमका लागि बीसीसीआईले गर्‍यो नगद पुरस्कारको घोषणा

काठमाडौँ- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमका लागि नगद पुरस्कारको घोषणा गरेको छ।

बीसीसीआईले विज्ञप्ति निकालेर च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमका लागि पुरस्कारको घोषणा गरेको हो।

बीसीसीआईका अनुसार भारतीय टिमले ५८ करोड भारतीय रुपैयाँ पुरस्कारस्वरूप पाउने छ।

यो नगद पुरस्कार खेलाडी, कोचिङ र सपोर्ट स्टाफका साथै चयन समितिका सदस्यहरूबीच बाँडफाँट गरिनेछ।

आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेर उपाधि हात पारेको थियो।

बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले यो पुरस्कार भारतीय टिमको समर्पण तथा उत्कृष्टताका लागि प्रदान गरिएको बताएका छन्।

प्रकाशित: ७ चैत २०८१ १६:५४ | Thursday, March 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast