काठमाडौँ- भीम सार्कीको अर्धशतकीय इनिङ्ससँगै त्रिभुवन आर्मी क्लवले मधेश प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ।
आर्मीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन भीमले १२६ बलमा ८९ रन बनाएका थिए। देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो।
सार्कीको अतिरिक्त ओपनर सन्तोष कार्कीले ३३, कुशल मल्लले २४, विवेक यादव १६, तितराज दास १४, कप्तान विनोद भण्डारी ११, बसिर अहमद १० रन बनाए।
मधेशका लागि पवन सराफ, कमल गुम्ता र रुपेश सिंहले समान २-२ विकेट लिएका थिए। यता रन्जित कुमारले १ विकेट लिएका थिए। अबको केहीबेरमा खेलको दोस्रो इनिङ्स सुरु हुनेछ।
प्रकाशित: ६ चैत २०८१ १२:३५ | Wednesday, March 19, 2025
प्रतिक्रिया





