ललितको घातक बलिङमा पुलिसको छैटौँ जित

हिमाल प्रेस ६ चैत २०८१ १२:१७
4
SHARES
ललितको घातक बलिङमा पुलिसको छैटौँ जित ललित राजवंशी।

काठमाडौँ- ललितनारायण राजवंशीको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप छैटौँ जित निकालेको छ।

सिद्धार्थनगर क्रिकेट मैदानमा बुधबार पुलिसले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित दर्ता गर्‍यो। जितसँगै शीर्षस्थानको पुलिसले ६ खेलमा १२ अंक जोडेको छ। पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।

गण्डकीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा ६ छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे।

यसैगरी अर्जुज साउद १८ र दिलिप नथा १० रनमा अविजित रहे ।तेस्रो विकेटका लागि दीपेन्द्र र अर्जुनले ६५ रनको साझेदारी गरे। गण्डकीका लागि विपिन खत्री र सुवास भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २३.२ ओभरमा ९२ रनमै समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ६३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरे ।

यसैगरी रोहित चन्द र सुवास भण्डारीले समान १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले ५।२ ओरभमा दुई मेडनसहित मात्र सात रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी गुल्शनकुमार झाको नाममा चार विकेट रह्यो।

प्रकाशित: ६ चैत २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast