
काठमाडौँ- प्रधानमन्त्री कपको पछिल्लो संस्करणमा लयमा रहेका नेपाल पुलिसका ललित राजवंशीले ५ विकेट लिँदा गण्डकी प्रदेश ९२ रनमा समेटिएको छ। यसअघिका खेलमा पनि ललितले ५ विकेट लिएका थिए।
उनले अघिल्लो लय कायमै राखेका छन्। पुलिसका अर्का खेलाडी गुल्सन झाले ४ विकेट लिँदा गण्डकी धरासायी बनेको थियो। एक्स्ट्रा टेक क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको गण्डकीका अर्जुन कुमालबाहेक अन्य कसैले टिकेर खेल्न सकेनन्।
कुमालले ४८ रन बनाएर आउट हुँदा सुवास भण्डारी र रोहित चन्दले १०-१० रन बनाएका थिए। अबको केहीबेरमा पुलिससँग बलिङ गरेका छन्।
प्रकाशित: ६ चैत २०८१ ११:१७
प्रतिक्रिया