कर्णालीद्वारा कोशीलाई २१९ रनको लक्ष्य

हिमाल प्रेस ५ चैत २०८१ १३:०१
6
SHARES
कर्णालीद्वारा कोशीलाई २१९ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीले कोशीलाई २१९ रनको लक्ष्य दिएको छ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २१८ रन बनाएको हो ।

कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरेका अर्जुन ८८ रनमा अविजित रहे । कर्णालीका लागि हिमान्शु शाहीले ४६ रन बनाए ।

कोशीका लागि विपिन महतोले ३ विकेट लिए । प्रकाश कार्की र दीपेश कँडेलले २–२ विकेट लिए। सुजन थपलिया र सर्वन किस्कुले १–१ विकेट लिए ।

प्रकाशित: ५ चैत २०८१ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast