
काठमाडौँ- प्रधानमन्त्री(पीएम) कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज ३ खेल हुँदैछन्। आज सिद्धार्थ क्रिकेट रंगशाला दाङमा नेपाल पुलिस क्लव र सुदूरपश्चिम प्रदेशको भेट हुँदैछ भने एक्स्ट्रा टेक रंगशालामा एपीएफ क्लवका विरुद्ध आर्मी भिड्दैछ।
आजको विभागीय डर्वी रोचक बन्ने अनुमान छ। यता देउखुरी क्रिकेट स्टडियममा मधेश प्रदेश र लुम्बिनी प्रदेश आमनेसामने हुँदैछन्। हालसम्म नेपाल पुलिस क्लव ४ खेलबाट ८ अंकसहित रनरेटका आधारमा शीर्षमा छ भने आर्मी समान अंकका साथ दोस्रो स्थानमा छ।
एपीएफले ४ खेलबाट एक हारसहित ३ जितले ६ अंक बटुल्दा लुम्बिनी पनि समान अंकसहित चौथोमा छ।
मधेशले ३ खेलबाट २ अंक प्राप्त गर्दा गण्डकी ४ खेलबाट २, कोशी ५ खेलबाट २ छ। कर्णाली, बागमती र सुदूरपश्चिम सबैले समान २ अंक प्राप्त गरेका छन्।
प्रतियोगितमा ३ विभागीयसहित ७ प्रादेशिक टिम सहभागी छन्। पहिलो पटक काठमाडौँ बाहिर भएको यो प्रतियोगिता लुम्बिनीका विभिन्न ३ रंगशालामा एकसाथ जारी छ।