काठमाडौँ- चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ। युगान्डामा जारी प्रतियोगितामा आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल चौथोमै सीमित भएको हो।
समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो। तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो।
यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो। प्रतियोगितामा युगान्डासहित नेपाल, हङकङ र नामिबिया थिए। युगान्डा तेस्रो हुँदा उपाधिका लागि नामिबिया र हङकङ भिड्नेछन्।
प्रकाशित: ४ चैत २०८१ ६:५० | Monday, March 17, 2025
प्रतिक्रिया





