ज्ञानेन्द्र शाहीको प्रश्न : लोकतन्त्रवादीले जबाफ दिनुहोस्, बाँदरमुडे घटना, शिक्षक मुक्तिनाथ अधिकारी र मदन भण्डारीको हत्यारा खोई?

हिमाल प्रेस ३ चैत २०८१ १३:३६ | Sunday, March 16, 2025
ज्ञानेन्द्र शाहीको प्रश्न : लोकतन्त्रवादीले जबाफ दिनुहोस्, बाँदरमुडे घटना, शिक्षक मुक्तिनाथ अधिकारी र मदन भण्डारीको हत्यारा खोई? ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सीमित नेताहरूलाई चाहिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ बर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरुलाई मिलेर खानलाई अहिलको व्यवस्था चाहिएको बताएका हुन्। उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे।

सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौती दिए। त्यस्तै उनले विभिन्न कालखण्डका हत्या प्रकरण देख्नेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको तर्क गरे।

सांसद शाहीले निर्मला पन्तको हत्यारा समेत पत्ता नलाउन नसक्ने तर बाँदरमुडे घटना र शिक्षक मुक्तिनाथ अधिकारीलाई हत्या गर्नेहरू सांसद बनेर हिँडिरहेको जिकिर गरे।

प्रकाशित: ३ चैत २०८१ १३:३६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast