कोशीविरुद्ध गण्डकी ३१ रनमा अलआउट

हिमाल प्रेस ३ चैत २०८१ १०:५६ | Sunday, March 16, 2025
कोशीविरुद्ध गण्डकी ३१ रनमा अलआउट

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप एकदिवसीय प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३१ रनमा अआउट गरेको छ। कोशीले २० दशमलव ४ ओभरमा सबै ब्याटरलाई मैदानबाट फर्काउँदै सस्तैमा समेटेको हो।

लुम्बिनीको दाङस्थित एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको कोशीविरुद्ध गण्डकीका कुनै पनि व्याटर खुलेनन्। वन्श क्षेत्रीले बनाएको १० रन नै गण्डकीको सर्वाधिक व्यक्तिगत स्कोर हो। यता कोशीका लागि विपिन महतोले एक्लै ६ विकेट लिएका थिए।

८ ओभर बलिङ गरेका महतोले जम्मा १७ रन खर्चिएर ६ विकेट लिएका थिए। फिरदोज अनसारीले ८ ओभरमा १० रन खर्चिएर ३ विकेट लिँदा दीपेश कँडेलले १ रन खर्चिएर २ दशमलव ४
ओभरमा १ विकेट लिएर इनिङ्स सकाए। अबको केहीबेरमा दोस्रो इनिङ्सको खेल सुरु हुनेछ।

प्रकाशित: ३ चैत २०८१ १०:५६ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast