काठमाडौँ- अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई २८९ लक्ष्य दिएको छ। दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पुलिस ४९.५ ओभरमा २८८ रन बनाएर अलआउट भएको हो। यो स्कोर देउखुरी रंगशालाकै ठूलो हो। पुलिसका लागि दीपेन्द्रले ६३ रन बनाउँदा आरिफ सेखले ५५ रन बनाएका थिए।
अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाए। मधेसका लागि रुपेश सिंहले ४, विशाल पटेलले ३, हरिशंकर साहले २ तथा रञ्जित कुमारले १ विकेट लिए। अबको केहीबेरमा मधेश ब्याटिङमा उत्रने छ।
प्रकाशित: २ चैत २०८१ १३:२० | Saturday, March 15, 2025
प्रतिक्रिया





