कोशीले आर्मीलाई दियो २३१ रनको लक्ष्य

हिमाल प्रेस २ चैत २०८१ १२:४६ | Saturday, March 15, 2025
कोशीले आर्मीलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री (पीएम) कप त्रिभुवन आर्मी क्लबलाई कोशी प्रदेशले २३१ रनको लक्ष्य दिएको छ।

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी प्रदेशले ४९.३ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।

उसका लागि शुभन गहतराजले ५१ रनको अर्शतकीय पारी खेल्दा सोनु अन्सारी ४४, सुजन थपलिया ४२, सन्दीप ढुंगाना २१, फिर्दोष अन्सारी १६ र चिराग शाहले १४ रन जोडे।

आर्मीका सोमपाल कामीले चार विकेट लिँदा साहब आलम र आकाश चन्दले समान दुई–दुई विकेट लिए। सात खेलाडीले बलिङ गरेकोमा २१ रन अतिरिक्त दिएका थिए।

प्रकाशित: २ चैत २०८१ १२:४६ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast