कति छ आज डलरको भाउ?

हिमाल प्रेस २ चैत २०८१ ६:३७ | Saturday, March 15, 2025
कति छ आज डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज कुबेती दिनार, अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको मूल्य बढेको छ। पाउन्ड, बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने यथावत छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ०३ पैसा कायम भएको छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ २३ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ छ। आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ८० पैसा छ।

बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।

 

प्रकाशित: २ चैत २०८१ ६:३७ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast