एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज

हिमाल प्रेस १ चैत २०८१ ६:२५ | Friday, March 14, 2025
एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ। भेलाको सम्पूर्ण तयारी पूरा भएको  केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध संघर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा भेला आयोजना गरेको हो।

पार्टी निकट जनवर्गीय संगठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नेछन्।

शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन्।

पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर संगठित सदस्य विस्तार तथा संगठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ। बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ। पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै सांगठनिकलगायत अन्य दस्तावेज टुंग्याउने अर्यालले जानकारी दिए।

दस्तावेज टुंगाे लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ।

प्रकाशित: १ चैत २०८१ ६:२५ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast