मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरमा युवकको मृत्यु

हिमाल प्रेस १ चैत २०८१ ५:४७ | Friday, March 14, 2025
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मकवानपुरमा युवकको मृत्यु प्रतीकात्मक तस्बिर।

बागमती- करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: १ चैत २०८१ ५:४७ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast