वुमन्स डे टी–२० क्रिकेट : नेपालको तेस्रो हार

हिमाल प्रेस २८ फागुन २०८१ १६:१६ | Wednesday, March 12, 2025
वुमन्स डे टी–२० क्रिकेट : नेपालको तेस्रो हार

काठमाडौँ- वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ। बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाले नेपाललाई २३ रनले पराजित गरेको हो।

नामिबियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाएर १०२ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि सना प्रविनले ३१, कविता कुँवरले अविजित १७ तथा पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन बनाए।

नामिबियाका लागि इभ्लिन केजरुक्वाले दुई तथा विल्फा एमवाटिल, साइमा टुहाडेलिनी र मिकेली एमवाटिलले १–१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो।

नामिबियाका लागि यास्मिन खानले ४५, विल्का एमवाटिलले २०, आरास्ता डियर्गार्डले अविजित १६ र सुने विटम्यानले १५ रन बनाए।

नेपालका लागि इश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले १–१ विकेट लिइन्।

हालसम्म एकमात्र खेल जितेको नेपालसँग दुई अंक छ। यो हारसँगै नेपालको फाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल आफ्नो पहिलो खेल नामिबियासँग ६ विकेटले पराजित भएको थियो।

यस्तै घरेलु टोली युगाण्डालाई एक विकेटले हराएको नेपाल हङकङसँग दुई रनले पराजित भएको थियो।

यता दोस्रो जित निकालेको नामिबियाको चार खेलमा चार अंक छ। नामिबियालय पनि नेपाललाई हराएयता हङकङसँग चार विकेट र युगाण्डासँग एक रनको पराजय बेहोरेको थियो।

प्रकाशित: २८ फागुन २०८१ १६:१६ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast