नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

हिमाल प्रेस २८ फागुन २०८१ १४:१७ | Wednesday, March 12, 2025
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ- चार देशीय अन्तर्राष्ट्रिय टी २० महिला क्रिकेटको आजको खेलमा नेपाललाई नामिबियाले १२६ रनको ल्क्ष्य प्रस्तुत गरेको छ। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको हो।

जारी प्रतियोगितामा नेपालले पाएको यो नै सर्वाधिक रनको लक्ष्य हो। यसअघि हङकङले नेपाललाई १०१ रनको लक्ष्य दिएको थियो। तर, नेपालले ९८ रन मात्रै बनाउन सकेको थियो।

नामिबियाकी यास्मिन खानले सर्वाधिक ४५ रन बनाइन्। ४४ बल खेलेका उनले पाँच चौका प्रहार गरिन्। कप्तान सुने विटम्यानले १५ रन बनाउँदा विल्का म्वाटिलले अविजित रनको योगदान दिइन्। अन्य ब्याटरको प्रदर्शन भने सम्झनलायक रहेन।

नेपालकी बलर ईश्वरी विष्टले सर्वाधिक तीन विकेट लिइन्। रचनाकुमारी चौधरीले दुई तथा रिया शर्माले एक विकेट लिइन्।

प्रकाशित: २८ फागुन २०८१ १४:१७ | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast