काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई त्रिभुवन आर्मीले सस्तैमा समेटको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ४५.३ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको छ। निश्चल क्षेत्री ४९ रनमा अविजित रहेपनि अन्यबाट साथ पाउन सकेनन्। सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए।
आर्मीका शाहब आलमले १० ओभरमा १९ रन दिएर ४ विकेट लिए भने सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले १-१ विकेट लिए।
प्रकाशित: २८ फागुन २०८१ १२:५९ | Wednesday, March 12, 2025
प्रतिक्रिया





