कुशले बनेका राजा बोकेर हिँड्न नैतिकताले सुहाउँदैन: सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २७ फागुन २०८१ २१:२३ | Tuesday, March 11, 2025
कुशले बनेका राजा बोकेर हिँड्न नैतिकताले सुहाउँदैन: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स‌ंघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन्।

काठमाडौँमा हुलाक सेवा विभागले आज (मंगलबार) आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पारे।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र  हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी भएको उल्लेख गरे। राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै मन्त्री गुरुङले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन।’

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद्मा रहेको सामाजिक सञ्जालन नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे। समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए। रासस

प्रकाशित: २७ फागुन २०८१ २१:२३ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast