एमालेले भन्यो- पूर्वराजाका गतिविधि दण्डनीय छ

हिमाल प्रेस २७ फागुन २०८१ १४:४८ | Tuesday, March 11, 2025
एमालेले भन्यो- पूर्वराजाका गतिविधि दण्डनीय छ एमाले प्रमुख सचेतक महेश बर्तौला।

काठमाडौँ- नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिताका साथै निर्देशन र उक्साहटमा समाजमा संविधानविपरीतका गतिविधि भइरहेको आरोप लगाएका हुन्।

उनले मुलुकको राष्ट्रियगानलाई समेत अवमूल्यन गर्नेलगायतका राष्ट्रहित विपरीतका गतिविधि दण्डनीय भएकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने र कानुनी दायरामा ल्याउनुपर्ने माग गरे।

बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र वा निरंकुशतन्त्र हुन नसक्ने भन्दै संग्रहालयमा थन्किएको राजतन्त्रले मुलुकमा शासन चलाउने सपना देख्ने वा देख्न लगाउने काम स्वीकार्य नभएको धारणा राखे।

प्रकाशित: २७ फागुन २०८१ १४:४८ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast