च्याम्पियन्स ट्रफीमा भारतको अजेय यात्रा, बन्यो च्याम्पियन

हिमाल प्रेस २५ फागुन २०८१ २२:१९
22
SHARES
च्याम्पियन्स ट्रफीमा भारतको अजेय यात्रा, बन्यो च्याम्पियन

काठमाडौँ- भारत आईसीसी–२०२५ च्याम्पियनसिपको च्याम्पियन बनेको छ। आइतबार फाइनल खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत आईसीसी च्याम्पियनसिप–२०२५ को विजेता बनेको हो।

दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले भारतसामु २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

भारतीय टिमले यो लक्ष्य ४९ औँ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

भारतको जितमा कप्तान रोहित शर्माले ७६ रनको इनिङ खेलेर महत्वपूर्ण योगदान दिए।

भारतलाई विजय गराउन रोहितका साथै कुलदीप यादव र वरुण चक्रवर्तीको बलिङले पनि महत्वपूर्ण भूमिका खेल्यो। दुवैले दुई–दुई विकेट लिए।

भारतका लागि शुभमन गिलले ३१, श्रेयस अय्यरले ४८, अक्षर पटेलले २९, कएल राहुलले ३४, हार्दिक पाण्ड्याले १८ र रवीन्द्र जडेजाले ९ रन बनाए।राहुल र जडेजा नटआउट रहे।

यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५१ रन जोडेको थियो।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले सर्वाधिक ६३ रन बनाए। रचीन रवीन्द्रले ३७, ग्लेन फिलिप्सले ३४, मिचेल ब्रासवेलले ५३ रन जोडे।

रचिन रवीन्द्र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।

मिनी विश्वकपसमेत भनिएको च्याम्पियन्स ट्रफी भारतले तेस्रोपटक जितेको हो। यसअघि भारतले सन् २००२ र सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।

प्रकाशित: २५ फागुन २०८१ २२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast