
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा कायम भएको छ।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा छ।
आज कुवेती दिनार १ को खरिददर ४ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४ सय ५१ रुपैयाँ ९१ पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ।