देशको राजनीतिक संकटबारे बाबुराम र रेशमबीच छलफल

हिमाल प्रेस २१ फागुन २०८१ १०:१६
76
SHARES
देशको राजनीतिक संकटबारे बाबुराम र रेशमबीच छलफल

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीबीच मंगलबार भेटवार्ता भएको छ।

भेटका क्रममा देशमा विकसित हुँदै गइरहेको राजनीतिक संकट र वैकल्पिक अग्रगामी शक्ति निर्माणबारे गम्भीर विमर्श भएको डा.भट्टराईले बताएका छन्। पछिल्लो समय नेपालको राजनीतिक परिदृश्यमा नयाँ वैकल्पिक शक्ति निर्माणको आवश्यकता महसुस भइरहेको बेला चौधरी र भट्टराईबीच यस्तो छलफल भएको हो।

भेटवार्तामा चौधरीले नयाँ वैकल्पिक पार्टीहरू एक भएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। चौधरीको प्रस्तावलाई लिएर मिश्रित प्रतिक्रिया आएको छ।

नेसपा नयाँ शक्तिका एक जना केन्द्रीय सदस्यले टिप्पणी गर्दै भने,‘रेशम चौधरीलाई भेटेर वैकल्पिक शक्ति बन्दैन। भेटेर अर्थ छैन। चौधरी अवसरवादी मान्छे हुन्।’

नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकताको चर्चा चलिरहेको छ। चौधरी र राउतबीचको सम्भावित एकता तथा भट्टराईसँगको भेटवार्ताले वैकल्पिक राजनीतिक शक्तिको सम्भावनाबारे नयाँ बहस सिर्जना गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast