आफ्नो विद्यालय आफैँ सफा गर्दै शिक्षक-विद्यार्थी

हिमाल प्रेस २० फागुन २०८१ १२:५५
58
SHARES
आफ्नो विद्यालय आफैँ सफा गर्दै शिक्षक-विद्यार्थी

रौतहट- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खौराहा सलेमपुरमा विद्यालय परिसरको स्वच्छता र सुरक्षा को महत्वपूर्णता बुझ्दै नियमित सरसफाइ अभियान सञ्चालन गरिन्छ। विद्यालयमा अवस्थित सरस्वती बाल क्लब को संयोजकत्वमा आज पनि विद्यालय समय सके पछि लामो बिदापछि विद्यालय सफा राख्ने उद्देश्यले सरसफाइ गरिएको छ।

बाल क्लबका सदस्यहरूले विद्यालय परिसर, कक्षाकोठा, शौचालय, खेलमैदान र पानीका स्रोतहरूको सरसफाइमा सक्रिय भाग लिएका थिए। यस अभियानमा विद्यार्थीहरूलाई स्वच्छता र वातावरणको महत्त्व बुझाउने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो। जसमा फोहर व्यवस्थापन (जैविक र अजैविक फोहोरको सही व्यवस्थापन), शौचालय सरसफाइ, प्लास्टिक र फोहोर न्यूनीकरण, वृक्षरोपण र हरियाली प्रवर्द्धन र  स्वच्छता सम्बन्धी शिक्षामूलक कार्यक्रमहरू थियो।

विद्यालय प्रशासन, शिक्षकहरू र विद्यार्थीहरूको समन्वयले यो अभियानलाई थप प्रभावकारी बनाएको छ। यसले विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइको महत्त्व बुझ्न प्रेरित गर्दै विद्यालयको वातावरणलाई अझै स्वच्छ, स्वस्थ र अनुशासित बनाएको छ। सरस्वती बाल क्लबको यस्तो योगदानले विद्यालयमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। विद्यालयको भनाइमा जसले स्थानीय समुदायलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित: २० फागुन २०८१ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast