यस्तो छ आजको मुद्राको विनिमय दर

हिमाल प्रेस २० फागुन २०८१ ६:२४
8
SHARES
यस्तो छ आजको मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ १० पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा थियो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ४१ पैसा कायम भएको छ। हिजो युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५८ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ २३ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ७४ पैसा छ। बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

प्रकाशित: २० फागुन २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast