बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

हिमाल प्रेस १६ फागुन २०८१ ८:५१ | Friday, February 28, 2025
बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’ बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय।

बागलुङ- भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएका बागलुङका ६ स्थानीय सरकारले आफ्नै ‘सिंहदरबार’ बनाएका छन्। संघीयता लागूपछि बागलुङ १० पालिका भए। त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो।

२०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए। तीमध्ये ६ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन्। फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ।

भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ। चार करोड ५९ लाख ३४ हजारको लागतमा ६ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ।

काठेखोला गाउँपालिकाले जग्गा टुंगो लगाउन सकेको छैन। ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो।

काठमाडौँको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन्। बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन्।

प्रकाशित: १६ फागुन २०८१ ८:५१ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast